काठमाडौँ : निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनको तयारी थालेको छ। आवश्यक तयारीबारे छलफल गर्नको लागि विभिन्न राजनीतिक दल मंसिर ४ गतेको लागि बोलाएको छ । राष्ट्रिय मान्यता प्राप्त दललाई निर्वाचनबारे छलफलको लागि बोलाइएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताए । उनका अनुसार छलफल ११:३० बजे सुरु हुनेछ । समग्र निर्वाचनको तयारीबारे छलफल गर्नको लागि राष्ट्रिय मान्यता प्राप्त दललाई बैठकमा बोलाइएको उनले बताए । अहिले राष्ट्रिय मान्यता प्राप्त दल रास्वपा, कांग्रेस, एमाले, नेकपा, श्रम संस्कृति र राप्रपा छन् । प्रवक्ता भट्टराईले नेपाल प्रेससँग भने, ‘स्थानीय निर्वाचन पनि आउँदै छ। छलफलमा यसले पनि प्राथमिकता पाउँछ नै ... The post स्थानीय चुनावको तयारीको छलफलका लागि ६ दललाई निम्तो appeared first on Kalika Khabar.