नेपालमा राजसंस्थाबारेको बहस केवल विगतको सम्झना वा कुनै राजनीतिक व्यवस्थाको समर्थन र विरोधमा सीमित विषय होइन। यो राष्ट्रिय स्वाधीनता, राजनीतिक स्थिरता, सांस्कृतिक पहिचान, आर्थिक समृद्धि र भावी पुस्ताको भविष्यसँग जोडिएको गम्भीर राष्ट्रिय प्रश्न हो।पृथ्वीनारायण शाहले नेपाललाई दुई ठूला शक्तिबीचको तरुलका रूपमा चित्रण गर्दा व्यक्त गरेको भूराजनीतिक चेतना आज पनि उत्तिकै सान्दर्भिक छ। भारत र चीनजस्ता शक्तिशाली छिमेकीबीच अवस्थित नेपालले आफ्नो राष्ट्रिय हित सुरक्षित राख्न दूरदर्शी नेतृत्व, सन्तुलित कूटनीति