करोडौंको अस्पताल बन्यो, सेवाको प्रतीक्षामा कार्मारोङवासी

  • सोमबार १ मंिर २०८३ ०२:०० PM
मुगु : मुगुम कार्मारोङ गाउँपालिका–७ का ७० वर्षीय छयाङ तोर्चे कामीलाई सामान्य स्वास्थ्य समस्या हुँदा गाउँकै स्वास्थ्यचौकी पुग्न सहज छ। तर जटिल समस्या देखिएमा चार घण्टा पैदल हिँडेर जिल्ला अस्पताल गमगढी पुग्नुपर्ने बाध्यता छ। अझ थप उपचार आवश्यक परे जुम्ला, सुर्खेत, नेपालगन्ज वा काठमाडौं पुग्नुपर्ने हुन्छ। छयाङ तोर्चेजस्ता मुगुम कार्मारोङका हरेका बस्तीका नागरिकको यही बाध्यता छ। यही बाध्यतालाई मध्यनजर गर्दै मुगुम कार्मारोङ गाउँपालिका–६ स्थित रिउस बगरमा प्राथमिक अस्पतालको नयाँ भव