सर्लाहीमा बाक्लो कुहिरो, जनजीवन प्रभावित

  • सोमबार १ मंिर २०८३ ०६:२५ AM
सर्लाही । सर्लाही जिल्लाको सदरमुकाम मलंगवासहित जिल्लाका विभिन्न स्थानमा आज बिहानैदेखि बाक्लो कुहिरो लागेको छ । बाक्लो हुस्सु र कुहिरोका कारण सडक तथा आसपासका क्षेत्रको दृश्यता कम भएको छ । कुहिरोका कारण सडकमा आवतजावत गर्ने सवारीसाधन तथा पैदल यात्रीलाई असहज भएको छ । विशेष गरी बिहानको समयमा सवारीसाधन सञ्चालन गर्दा चालकहरूलाई थप सावधानी अपनाउनुपर्ने अवस्था देखिएको छ । मौसममा आएको परिवर्तनसँगै तराईका जिल्लाहरूमा बिहानको समयमा कुहिरो देखिएको मौसम पूर्वानुमान महाशाखाले पनि जनाएको छ । स्थानीयवासीलाई कुहिरो लागेको समयमा सवारीसाधन चलाउँदा गति कम गर्न, फग लाइट प्रयोग गर्न तथा आवश्यक सावधानी अपनाउन प्रहरीले आग्रह ... The post सर्लाहीमा बाक्लो कुहिरो, जनजीवन प्रभावित appeared first on Kalika Khabar.