जनकपुरधाम । सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले मेची–महाकाली पदयात्रा सुरू गरेका छन् । उनले आज पार्टी सभापति रवि लामिछानेसहितका नेताको उपस्थितिमा जनकपुरधामस्थित जानकी मन्दिरबाट पदयात्राको सुरूवात गरेका हुन् । पदयात्राको उद्घाटन सभापति लामिछानेले गरे । पदयात्राको मुख्य उद्देश्य देशको भौगोलिक, जातीय, धार्मिक तथा सामाजिक विविधताबीच राष्ट्रिय एकता बलियो बनाउनु र जनताका वास्तविक समस्या प्रत्यक्ष रूपमा सुन्नु रहेको उनले बताए। उनले भने, ‘यो देश जोड्ने यात्रा हो, समाज जोड्ने यात्रा हो। जात, धर्म, पहाड, मधेस वा वर्गका नाममा देशमा कुनै पनि द्वन्द्व नहोस् भन्ने उद्देश्यले यो अभियान सुरु गरेको ... The post अमरेशकुमार सिंहले जानकी मन्दिरबाट थाले मेची–महाकाली पदयात्रा appeared first on Kalika Khabar.