काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र उनकी पत्नी निकिता पौडेल लामिछानेले जनकपुरधामस्थित गङ्गासागर पोखरीको छठघाटमा उदाउँदो सूर्यलाई अर्घ्य दिएका छन् ।छठ पर्व मनाउन जनकपुरधाम पुगेका लामिछाने दम्पतीले आइतबार साँझ अस्ताउँदो सूर्य र सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएका हुन् ।जनकपुरधाम उपमहानगरपालिका–२, शिवचोकस्थित नरेश साहको निवासबाट उनीहरू पूजा सामग्रीसहितको ढाकी बोकेर छठघाट पुगेका थिए । सो अवसरमा परिवारका अन्य सदस्य तथा शुभेच्छुकहरूको समेत सहभागित