काठमाडौँ। वाणिज्य बैंकहरुको निक्षेपको औसत ब्याजदर ४ प्रतिशत मुनि झरेको छ। बैंकिङ प्रणालीमा लामो समयदेखि थुप्रिएको अधिक तरलता र अपेक्षित रूपमा कर्जाको माग बढ्न नसक्दा वाणिज्य बैंकहरू निक्षेपको लागत घटाउने दबाबमा परेका हुन्। रेमिट्यान्स आप्रवाहमा भएको वृद्धिसँगै बैंकहरूमा निक्षेप संकलन निरन्तर बढिरहे पनि निजी क्षेत्रतर्फको कर्जा विस्तार सुस्त रहँदा लगानीयोग्य रकम थुप्रिएर बैंकहरूले ब्याजदर कटौतीको नीति लिदै आएका छन्। यसैबीच नेपालमा हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये ६ वटाले मंसिर महिनाका लागि निक्षेपको ब्याजदर घटाएका छन्। अन्य १४ बैंकले भने कात्तिक महिनाकै ब्याजदरलाई निरन्तरता दिने भएका हुन्। कुनै पनि बैंकले ब्याजदर बढाएका ... The post वाणिज्य बैंकमा ब्याजदर घटाउने होड, मंसिरमा ६ बैंकले घटाए दर appeared first on Kalika Khabar.