काठमाडौं : शेषनागको शय्यामा जलमाथि शयन गर्ने नारायणको दर्शनका लागि बूढानीलकण्ठ मन्दिर परिसर यतिबेला मेलाका लागि सिँगारिँदै छ।परापूर्वकालदेखि चल्दै आएको निष्ठा र आस्थाको पर्व हरिबोधिनी एकादशीको पावन अवसरमा बूढानीलकण्ठ नारायण मन्दिर गुठी व्यवस्थापन समितिले मंसिर २ गतेदेखि आयोजना गर्न लागेको हो। सात दिने उक्त ‘सप्ताह ज्ञान महायज्ञ’ र मेलाको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जानकारी दिएको छ।समितिका अध्यक्ष इन्द्रबहादुर थापाका अनुसार, मंसिर ४ गते पर्ने हरिबोधिनी एकादशीलाई मुख्य दिन मा