जनकपुर : धनुषामा छठघाट कुरेर बसेका एक पुरुषको हत्या भएको छ। धनुषाको शहीदनगर नगरपालिका–२ मतौनास्थित धनी पोखरीमा आइतबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर सबै घर फर्किएपछि छठघाट कुरेर बसेका पुरुषको धारिलो हतियार प्रहार गरी हत्या गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।प्रहरीका अनुसार शहीदनगर नगरपालिका–२ मतौनाका ६० वर्षीय म्यानेजर भनिने रामजतन यादवले पोखरीमा छठघाट बनाएर एक्लै कुरेर बसेका थिए। सोही अवस्थामा उनको हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।यादव सोमबार बिह