छठघाटको रेखदेख गर्न बसेका यादव मृत फेला, गालामा धारिलो हतियारको चोट

  • सोमबार १ मंिर २०८३ ०६:५४ AM
जनकपुर । धनुषाको शहीदनगर नगरपालिका–२, मतौनास्थित धनी पोखरीमा छठघाटको रेखदेख गर्न बसेका एक ६० वर्षीय पुरुष मृत अवस्थामा फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार मृतक स्थानीय रामजतन यादव हुन् । उनी पोखरीमा छठघाट निर्माण गरी एक्लै रेखदेखका लागि बसेका थिए । उनी आज बिहान करिब ६ बजे मृत अवस्थामा फेला परेका हुन्