ओखलढुंगा : आँगनको डिलबाटै सरर गाडी गुड्दा गाउँलेहरू दंग छन्, बिरामी पर्दा एम्बुलेन्स घर गाउँमै आउँछ, भारी बोक्ने दुःख हटेको छ। तर, त्यही बाटोका वास्तविक जग्गाधनीहरू भने गोजीको लालपुर्जा र मालपोतको रसिद छाम्दै पिँढीमा बसेर भक्कानिन बाध्य छन्। आफ्नै उब्जाउ खेतबारीको छाती चिरेर अरूलाई हिँड्ने बाटो त खुल्यो, तर जग्गाधनीले न एक सुको मुआब्जा पाए, न त सरकारी ढड्डाबाट लगत नै कट्टा भयो। उल्टै, विकासको ‘उत्सव’मा ‘बलिको बोको’ बनाइएका हजारौं नागरिक आफूले टेक्नसमेत नपाउने सार्वजन