काठमाडौं : नेपालको सबैभन्दा ठूलो कृषि यन्त्रीकरण प्रदर्शनी ‘एग्री मेक इन्टरनेसनल एक्सपो २०२६’ आगामी शुक्रबारदेखि काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने भएको छ।मंसिर ४ देखि ६ गतेसम्म सञ्चालन हुने प्रदर्शनीमा स्वदेशी तथा विदेशी कृषियन्त्र, उपकरण र प्रविधि प्रदर्शन गरिनेछ।‘कृषिको यन्त्र र प्रविधि : कृषक र राष्ट्रको समृद्धि’ भन्ने नारासहित नेपाल कृषि मेसिनरी व्यवसायी संघले प्रदर्शनी आयोजना गर्न लागेको हो।संघका अध्यक्ष कृष्ण शर्माका अनुसार कृषि कर्मलाई व्यावसायिक बनाउँदै आधुनिक