काठमाडौं । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताको लिग चरण सकिएको छ । हिजो सोमबार सम्पन्न दुई खेलको नतिजासँगै प्रतियोगिताको पहिलो चरण पूरा भएको हो । लिग चरणका खेल सकिँदा चार टोलीले ‘प्लेअफ’मा स्थान सुरक्षित गरेका छन् भने चार टोलीको उपाधि यात्रामा पूर्णविराम लागेको छ । यसपटकको एनपीएलमा केही टोलीले सुरुआतदेखि नै सन्तुलित