इनरुवा । सुनसरी हरिनगर गाउँपालिका–६ स्थित टपरा अर्नामा छठ पूजाका निर्माण गरिएको छठस्थल तोडफोड गरेको अरोपमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय १९ वर्षीय रिजवान मन्सुरी र २१ वर्षीय मोहम्मद जहुर मियाँ रहेको सुनसरीका प्रहरी नायव उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिए । छठ पूजाको मुख्य दिन अस्ताउँदो सूर्यलाई अर्घ दिएर भक्तजन घरतर्फ फर्केका बेला पक्राउ परेकाको समूहले तोडफोड गरेको आरोप रहेको छ । घाटमा तोडफोडबाट क्षति भएका पूजास्थललाई पुनःनिर्माण गरी पूर्व अवस्थामा ल्याइएको थियो । नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयबासीसहितको सहभागितामा पूजास्थल पुनः पूर्ववत् अवस्थामा फर्काइएको थियो । धार्मिक आस्थासँग ... The post छठ पूजास्थल तोडफोड गरेको अरोपमा २ जना पक्राउ appeared first on Kalika Khabar.