काठमाडौा । नेपाली कांग्रेसको निवर्तमान सभापति शेरबहादुर देउवा समूहको जनसम्पर्क समिति अमेरिकाको तेस्रो अधिवेशनबाट सञ्जीव श्रेष्ठ सभापति छानिएका छन् । अधिवेशनको उद्घाटन जुममार्फत कांग्रेसका निवर्तमान सभापति देउवाले गरेका देउवाको सचिवालयले जनाएको छ । जुममार्फत सम्बोधन गर्दै देउवाले विदेशमा रहेर पनि नेपालीहरूले मातृभूमिको सेवा र देशको उन्नतिमा निरन्तर योगदान पुर्याउँदै आएको उल्लेख गरे । उनले विदेशमा रहेका नेपालीहरूको देशप्रतिको माया, सद्भाव र सहयोगप्रति विश्वास व्यक्त गरे । समूहको १५ औँ महाधिवेशन आयोजक समितिका संयोजक डा. शशांक कोइरालाले पनि जुममार्फत सम्बोधन गरेका थिए । डा. कोइरालाले कांग्रेसले नेपालको राजनीतिक तथा सामाजिक परिवर्तनका सबै महत्त्वपूर्ण ... The post कांग्रेस देउवा समूहको जनसम्पर्क समिति अमेरिकाको सभापतिमा श्रेष्ठ appeared first on Kalika Khabar.