नवलपुर : पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को कावासोती नगरपालिका–११, लोकाहामा यात्रुवाहक बस दुर्घटनामा घाइते हुनेकाे संख्या ३३ रहेको छ ।आइतबार बिहान करिब ६:४० बजे धनगढीबाट काठमाडौंतर्फ आउँदै गरेको सु.प्र.०१–००१ ख ३४७५ नम्बरको बस अनियन्त्रित भई सडकमै पल्टिएको हो । प्रहरीका अनुसार दुर्घटनामा घाइते भएका सबैको अवस्था सामान्य तथा मध्यम रहेको छ । प्रहरीका अनुसार सुरुमा २५ जना यात्रुहरु घाइते भएको जानकारी आएपनि पछि संख्या बढेर ३३ जना रहेको खुलेको छ । द