वीरगन्ज : नेपाली कांग्रेसका सभापति गगन थापाले वीरगन्जमा पनि आएर छठी माईको पूजाअर्चना गरेका छन् । सोमबार बिहान पत्नी अञ्जना केसीसँगै वीरगन्ज–१० स्थित घडिअर्वा छठघाटमा पुगेर थापाले व्रतालु महिलाहरूसँगै छठी माईको पूजाअर्चना गरेका हुन् । त्यस क्रममा थापा दम्पतीले छठका व्रतालुहरूबाट टीका लगाएर आशीर्वाद ग्रहण पनि गरे ।त्यसअघि थापा दम्पतीले घडिअर्वा छठघाट परिसरमै रहेको सूर्य भगवान्को मन्दिरमा पनि पुगेर पूजाअर्चना गरेका थिए । मन्दिर परिसरमै घडिअर्वा छठ पूजा व्यवस्थापन समितिका अध्यक्ष राकेश स