विराटनगर : मोरङको रतुवामाईमा नेपाली र भारतीय नागरिकको संयुक्त तासखाल फेला परेको छ । सुनसान घरमा तास खेलिरहेका सातजनालाई प्रहरीले पक्राउ गरेको छ । रतुवामाई नगरपालिका–७ कपर सुख्खा बोका टोलस्थित दिनेश सुतिहारको खाली घरमा जुवातास भइरहेको सूचना पाएपछि इलाका प्रहरी कार्यालय सिजुवाको टोलीले छापा मारेको थियो । सोमबार बिहान ३ :३० बजेतिर इन्स्पेक्टर कैलास लिम्बू नेतृत्वको टोलीले उनीहरूलाई तास खेल्दै गरेको अवस्थामा पक्राउ गरेको हो । प्रहरी नियन्त्रणमा पर्नेमा तीनजना नेपाली र चारजना भारतीय न