मकवानपुर : जिल्लाको थाहा नगरपालिका –०९ चित्लाङस्थित प्रहरी चेकपोष्टमा सवारीसाधन चेकजाँच गर्ने क्रममा ६ किलो ४० ग्राम चरेससहित दुईजनालाई पक्राउ गरिएको छ ।सोमबार राति १:४५ बजेतिर इलाका प्रहरी कार्यालय चित्लाङको चेकपोष्टमा इलाका प्रहरी कार्यालय पालुङबाट प्रहरी निरीक्षक गोविन्दप्रसाद भण्डारीको कमाण्डमा खटिएको प्रहरी टोलीले सवारीसाधन चेकजाँच गर्ने क्रममा बा.प्र.०१–०३५ च ४५६१ नम्बरको जिप रोकी चेकजाँच गरेको थियो ।चेकजाँच गर्ने क्रममा ६ किलो ४० ग्राम फेला पारी बरामद गरिनुका साथै जिपमा