धनगढीबाट काठमाडौं आउँदै गरेको यात्रुवाहक बस नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को कावासोतीमा दुर्घटना हुँदा ३३ जना घाइते भएका छन् । सोमबार बिहान करिब ६ः४० बजे कावासोती नगरपालिका–११ लोकाहास्थित पूर्व–पश्चिम राजमार्गमा सु.प्र.०१–००१ ख ३४७५ नम्बरको बस दुर्घटनामा परेको हो । चालकले बसको नियन्त्रण गुमाउँदा बस सडकमा पल्टिएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । जिल्ला प्रहरी कार्यालय