जनकपुरधाम। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र उनकी पत्नी निकिता पौडेल लामिछानेले जनकपुरधामस्थित गङ्गासागर पोखरीको छठघाटमा सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएका छन्। छठ पर्व मनाउन जनकपुरधाम पुगेको लामिछाने दम्पतीले गङ्गासागर घाटमा आइतबार साँझ अस्ताउँदो सूर्यलाई सन्ध्याकालीन र आज बिहान उदाउँदो सूर्यलाई प्रभातकालीन अर्घ्य अर्पण गरेका हुन्। जनकपुरधाम उपमहानगरपालिका–२ स्थित शिवचोकमा रहेको नरेश साहको घरबाट उनीहरू पूजाका परिकार राखिएको परम्परागत ‘ढाकी’ बोकेर गङ्गासागर छठघाट पुगेका थिए। लामिछाने दम्पतीसँगै परिवारका अन्य सदस्य तथा शुभेच्छुकहरू पनि पूजामा सहभागी हुन घाटसम्म पुगेका थिए। यसैबीच, आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गरेसँगै चार दिनसम्म निष्ठा ... The post रवि लामिछाने दम्पतीले दिए उदाउँदो सूर्यलाई अर्घ्य appeared first on Kalika Khabar.