काठमाडौं : नेपाल प्रहरीले साढे पाँच किलो सेतो हेरोइनसहित भारतीय नागरिकलाई पक्राउ गरेको छ । प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोको टोलीले साढे पाँच किलो सेतो हेरोइनसहित अन्तर्राष्ट्रिय लागुऔषध गिरोहका मुख्य व्यक्तिलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो । ब्युरोको टोलीले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल गौचरबाट लागुऔषध ओसारपसारमा संलग्न थाइल्याण्डबाट नेपाल आएका भारत महाराष्ट्रका ५२ वर्षीय रेवराज तिघारेलाई पक्राउ गरी सार्वजनिक गरेको हो । ब्युरोका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सुवासचन्द्र बोहोराले पक्राउ परेका तिघारे लागुऔषध कारोबारको अन्तर्राष्ट्रिय सञ्जालका मुख्य व्यक्ति रहेको अनुसन्धानका क्रममा खुलेको जानकारी दिए । उनका अनुसार प्रहरीले जाँचका क्रममा निजले साथमा ... The post लागुऔषधसहित विमानस्थलबाट भारतीय नागरिक प’क्राउ appeared first on Kalika Khabar.