काठमाडौं : नोभेम्बर ९ देखि टर्कीमा जारी विश्व जलवायु सम्मेलन (कोप–३१) मा नेपालबाट ५ जना मन्त्री सहभागी छन्। परराष्ट्रमन्त्री शिशिर खनाल र कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले कोपमा सहभागिता जनाउने निर्णय सरकारले सार्वजनिक गरेको थियो। तर, अर्थमन्त्री स्वर्णिम वाग्ले, शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल, स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहता पनि कोपमा सहभागी भएका छन् । मन्त्रीमात्र होइन, १६ जना सांसद पनि कोपमा सहभागी बन्दै छन्। सांसदहरू कोपमा जाने र आउने क्रम जारी छ। कुनै न क