आज सार्वजनिक बिदा, करदाता कार्यालय र बैंक खुला रहने

  • सोमबार १ मंिर २०८३ ०९:०० AM
काठमाडौं : सरकारले सोमबार सार्वजनिक बिदा दिए पनि राजस्व संकलनसँग सम्बन्धित कार्यालयहरू खुला रहने भएका छन्। आन्तरिक राजस्व विभागले एक सूचना जारी गर्दै करदाताहरूलाई सहजीकरण गर्नका लागि कार्यालयहरू खुला राख्न निर्देशन दिएको हो। गृह मन्त्रालयको आइतबार छठ पर्व भए पनि त्यसको भोलिपल्ट कात्तिक ३० गते सार्वजनिक बिदा दिएको छ। तर, उक्त दिन कात्तिक महिनाको मसान्त पर्ने भएकाले राजस्व परिचालनका काम प्रभावित नहोस् भनी विभागले विशेष व्यवस्था गरेको विभागका निर्देशक बुद्धिप्रसाद आचार्यले जानकारी दिए।आचार्यका