बंगलादेशकी अपदस्थ प्रधानमन्त्री शेख हसिनाको गृहजिल्ला गोपालगञ्जमा प्रतिबन्धित अवामी लिगका समर्थकहरूको प्रदर्शनपछि हिंसा र अशान्ति बढेको छ । प्रदर्शनकारीले सडक अवरुद्ध गर्नुका साथै सरकारी तथा प्रहरी संरचनामा तोडफोड गरेपछि सरकारले जिल्लाका प्रमुख जिल्ला अधिकारी (डीसी) र प्रहरी प्रमुख (एसपी) को सरुवा गरेको छ । शेख हसिना र अवामी लिगसँग राजनीतिक सम्बन्धका कारण महत्वपूर्ण मानिने गोपालगञ्जमा