जनकपुरधाम : अहिंसाप्रति मानवको रुचि बढाउन र सबै जीवहरूप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने सामाजिक आस्थाको महापर्व छठ आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै विधिवत् रूपमा सम्पन्न भएको छ ।धार्मिक आस्था, श्रद्धा एवं विश्वासका साथै शुद्धता र सामाजिक सद्भावको उत्कृष्ट सूर्योपासना मानिने छठ पर्वअन्तर्गत हिजो साँझ अस्ताउँदो सूर्यलाई र आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गरी व्रत समापन गरिएको हो ।चैत शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिन मनाइने चैते छठको पहिलो दिन नुहाएर चोखो भई खाने विधिलाई &lsq