काठमाडौं : कुनै समय रसुवा, नुवाकोट र धादिङका बासिन्दाको व्यापारिक केन्द्र थियो त्रिशूली बजार। नुन, तेल, लत्ताकपडा र दैनिक उपभोग्य वस्तु खरिद गर्नमात्रै होइन, तत्कालीन समयमा भोट (तिब्बत) सँगको व्यापारिक कारोबारका लागि समेत मानिसहरू यहाँ ओइरिन्थे। तर, भोटेकोशीको भीषण बाढीले इतिहास बोकेको त्रिशूली बजारको अस्तित्व नै मेटाइदिएको छ। बजारका घर, पसल र व्यापारिक संरचना बाढीले बगाएपछि त्रिशूली र त्यसपारिको ऐतिहासिक ढुंगेबजार भग्नावशेषमा परिणत भएका छन्। कुनै समय मानिसको चहलपहलले भरिने बजार बगर बनेका छ