जनकपुरधाम : कांग्रेसका कृष्णप्रसाद यादवले मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि मधेसमा नयाँ सरकार गठनका लागि राजनीतिक समीकरणका चलखेल भइरहेका छन्। सत्ता गठबन्धनबाट एमालेले समर्थन फिर्ता लिएपछि कांग्रेसका यादवले मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए। प्रदेशसभाबाट राजीनामाको घोषणा गर्दै यादवले गठबन्धनको एमालेप्रति तीव्र असन्तुष्टि जनाए। ‘संकटमा फसेको गधालाई साधुले निकाले। संकटबाट उम्काउने साधुलाई पनि त्यही गधाले पछाडिको लात्ताले हानेर आफ्नो स्वभाव देखायो,’ भोजपुरी भाषामा यादवले प