काठमाडौं : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तीनदिने भ्रमणका लागि फिलिपिन्सको राजधानी मनिला जाने भएका छन् । उनले मनिलामा आयोजना हुने आसियान शिखर सम्मेलन र पूर्वी एसिया शिखर सम्मेलनमा सहभागिता जनाउने कार्यक्रम छ ।सोमबारदेखि सुरु हुने भ्रमणका क्रममा प्रधानमन्त्री मोदीले क्षेत्रीय सुरक्षा, समुद्री सहकार्य, आर्थिक सम्बन्ध तथा व्यापारिक साझेदारीका विषयमा विभिन्न देशका नेताहरूसँग छलफल गर्ने अपेक्षा गरिएको छ ।यस सम्मेलनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल