गेस्ट हाउसको कोठामा एक व्यक्ति मृत फेला

  • सोमबार १ मंिर २०८३ ०१:०० AM
रुकुमपश्चिम : रुकुमपश्चिमको त्रिवेणी गाउँपालिका-३ झुल्नेटास्थित एक गेस्ट हाउसको कोठामा एक व्यक्ति मृत फेला परेका छन् । मृत फेला पर्नेमा मुसिकोट नगरपालिका-३ माछिमी निवासी अन्दाजी ३९ वर्षीय राजेन्द्र केसी रहेका छन् ।जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका अनुसार केसी शनिबार साँझ त्रिवेणी गेस्ट हाउस एन्ड रेस्टुरेन्टमा खाना खाएर कोठामा सुतेका थिए । कोठाको ढोका भित्रबाट बन्द रहेको र झ्यालबाट हेर्दा उनी ओछ्यानमा सुतिरहेको अवस्थामा देखिएपछि गेस्ट हाउस सञ्चालकले बोलाएका थिए । तर, कुनै प्रतिक्रिया नआएप