काठ्माण्डौँ : भारतको पश्चिम बंगालमा प्रहरी इन्काउन्टरमा अर्का एक अपराधीको मृत्यु भएको छ । बीरभूम जिल्लामा आइतबार भएको प्रहरी कारबाहीमा ३६ वटा आपराधिक मुद्दा दर्ता भएका रतन शेखको मृत्यु भएको हो ।भारतीय सञ्चारमाध्यमका अनुसार रतनले दुई दिनअघि पक्राउ गर्न पुगेको प्रहरी टोलीमाथि गोली चलाएका थिए । उक्त घटनामा प्रहरी जवान विश्वजित दास घाइते भएका थिए । त्यसपछि प्रहरीले उनको खोजी गरिरहेको थियो ।आइतबार खोजी अभियानका क्रममा फेला परेका रतनसँग प्रहरीले हतियारबारे सोधपुछ गरेको थियो । प्रहरीले हतियार बरामद गर्