म्याग्दी – म्याग्दीको मालिका गाउँपालिका–५ देवीस्थानबाट आईतबार इजाजत नभएका ४ थान भरुवा बन्दुक बरामद गरिएको छ । देवीस्थानको पन्थोकमा लुकाएर राखेको अवस्थामा भेटिएका बन्दुकलाई इलाका प्रहरी कार्यालय दरवाङको टोलीले बरामद गरेको हो । बरामद भएका बन्दुकलाई बेनी ल्याएर थप अनुसन्धान गरिने जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सागर तिमिल्सिनाले बताए । उनका अनुसार वन्यजन्तुको अवैध चोरीशिकारी