नारायणगोपाल स्मृति सम्मान थापा, श्रेष्ठ, रायमाझी र ढुंगानालाई प्रदान गरिने

  • आइबार​ ३० कात्िक २०८३ ०२:२४ PM
काठमाडौं । स्वरसम्राट नारायणगोपालको ३६औँ स्मृति दिवसको अवसरमा नृत्य विधाका मूर्धन्य तथा सम्मानित कलाकार भैरवबहादुर थापालाई विशेष सम्मान गरिने भएको छ। नारायणगोपाल संगीत कोषले प्रत्येक वर्ष आयोजना गर्दै आएको स्रष्टा सम्मान, पुरस्कार वितरण तथा सांगीतिक कार्यक्रम यस वर्ष आगामी मंसिर १९ गते शनिबार आयोजना गर्ने भएको हो। नारायणगोपाल संगीत कोषका अध्यक्ष दीपक केसीका अनुसार स्वरसम्राट नारायणगोपालको सपना तथा उहाँले अघि बढाउनुभएको ‘बागिना’को अवधारणालाई पूर्ण सार्थकता दिने उद्देश्यले यस वर्ष नृत्य विधाका कलाकार थापालाई विशेष सम्मान गर्न लागिएको हो। बागिनाको परिभाषा बाजा, गीत र नाच भएकाले यस वर्ष नृत्य विधालाई प्राथमिकता दिइएको कोषले ... The post नारायणगोपाल स्मृति सम्मान थापा, श्रेष्ठ, रायमाझी र ढुंगानालाई प्रदान गरिने appeared first on Kalika Khabar.