एनपीएल : काठमाडौं पोखरासँग हार्दा स्पष्ट बन्यो प्लेअफ समीकरण, काठमाडौंले एलिमिनेटर खेल्ने

  • आइबार​ ३० कात्िक २०८३ ०९:०० PM
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो संस्करणको लिग चरणको अन्तिम खेलमा पोखरा एभेन्जर्सले काठमाडौं गोर्खाजलाई ५५ रनले हराउँदै सुखद् अन्त्य गरेको छ। किर्तिपुरस्थित त्रिवि क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको पोखरा एभेन्जर्सले निर्धारित २० ओभरमा ३ विकेटको क्षतीमा २२४ रन बनाएको हो। पोखराले दिएको २२५ रनको बलियो लक्ष्य पछ्याएको काठमाडौं १९.५ ओभरमा १६९ रन बनाउँदै अलआउट भएको हो। काठमाडौं गोर्खाजको लागि ओपनर साहिल पटेलले सर्वाधिक ३४ रन बनाए। उनले २३ बलमा ४ चौका र १ छक्का प्रह