ललितपुर – उपराष्ट्रपति रामसहायप्रसाद यादवले छठ पर्वको मुख्य दिन आईतबार साँझ ललितपुरको कुपोन्डोल र सानेपास्थित राम मन्दिर राजतीर्थ पुगेर अस्ताउँदो सूर्यलाई पूजा–आराधना गरी अर्घ्य दिएका छन् । उपराष्ट्रपति यादवले पहिला कुपोन्डोलमा पुगेर र त्यसपछि सानेपास्थित राम मन्दिर राजतीर्थ फूटबल खेल मैदान अगाडि बागमती खोला किनारमा छठको पूजा गरेका हुन् । राजतीर्थमा छठ पूजामा सहभागी हुन