पावरप्लेमा काठमाडौंको मध्यम सुरुवात

  • आइबार​ ३० कात्िक २०८३ ०८:०० PM
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो संस्करणको लिग चरणको अन्तिम खेलमा पोखरा एभेन्जर्सविरुद्ध काठमाडौं गोर्खाजले मध्यम सुरुवात गरेको छ। पोखराले दिएको २२५ रनको लक्ष्य पछ्याएको काठमाडौंले पावरप्लेमा १ विकेट गुमाउँदै ५६ रन बनाएको हो। काठमाडौंले पहिलो विकेटको रुपमा ओपनर भिम सार्कीको विकेट गुमायो। उनले ७ बलमा १ चौका प्रहार गर्दै एलबीडब्ल्यू आउट भए। हाल क्रिजमा साहिल पटेल २७ र विलियम बोसिस्टो १० रनमा खेलिरहेका छन्। पोखरा एभेन्जर्सको लागि १ मात्र विकेट विपिन खत्रीको नाममा रह्यो।