झापा : सीमावर्ती मेची नदीसहित झापाका ५३ स्थानमा सामूहिक रूपमा छठ पर्व हर्षोल्लासका साथ मनाइएको छ । श्रद्धा, भक्ति र निष्ठापूर्वक व्रत बसेका व्रतालुहरूले आज साँझ अस्ताउँदो सूर्यलाई अघ्र्य अर्पण गर्दै छठ पर्व मनाएका हुन् । भोलि विहान उदाउँदो सूर्यलाई अघ्र्य चढाएर यस बर्षको छठको विधिवत रुपमा समापन गर्नेछन्। झापामा सबैभन्दा ठूलो जमघट सीमावर्ती भद्रपुरस्थित मेची नदी किनारमा देखिएको थियो । नेपाल र भारतका नागरिकले मेची नदीको दुवै किनारमा एकसाथ छठ पर्व मनाउँदा नदी किनार भक्तजनले भरिभराउ भएको थियो।भ