काठमाडौं : नेपाल प्रिमियर लिग(एनपीएल) तेस्रो संस्करणको लिग चरणको अन्तिम खेलमा काठमाडौं गोर्खाजविरुद्ध पोखरा एभेन्जर्सका कुशल भुर्तेल शतक प्रहार गर्न १ रनले चुकेका छन्। वान डाउन आएका कुशल भुर्तेलले ५१ बलमा ८ चौका र ८ छक्का प्रहार गर्दै ९९ रनमा क्याच विहाइन्ड भए। उनले दोस्रो विकेटको लागि युवराज सम्रासँग १८६ रनको साझेदारी बनाएका थिए। यसअघि, एनपीएलमा ४ शतक बनेका छन्। जसमा ३ पोखरा एभेन्जर्सका खेलाडी हुन्। पहिलो संस्करणमा पोखरा एभेन्जर्सका आन्द्रेस गोउस, एडम रोसिङ्टन र युवराज सम्राले शतक बना