मुगु : मुगुमा हाइलक्स गाडी दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय मुगुका अनुसार शुक्रबार दिउँसो करिब ४:४५ बजे छायानाथ रारा नगरपालिका–७ टोप्लास्थित ताल्चा–रारा कच्ची सडकखण्डमा सुर्खेतबाट रारातर्फ जाँदै गरेको बा १७ च १८६४ नम्बरको हाइलक्स गाडी दुर्घटनामा परेको हो।दुर्घटनामा काठमाडौंको कलंकीका ५० वर्षीय विजय बस्नेत,५४ वर्षीय रमेश बिडारी र ५० वर्षीय पूर्णकुमार थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रबि राज थपलियाले जानकारी दिए। उ