काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको अन्तिम लिग खेलमा पोखरा एभेन्जर्सले काठमाडौं गोर्खाजलाई २२५ रनको लक्ष्य प्रस्तुत गरेको छ। टस हारेर ब्याटिङको निम्तो पाएको पोखराले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २२४ रन बनाएको हो। यो हालसम्म एनपीएलमा बनेको सर्वाधिक लक्ष्य हो। यसअघि, विराटनगर किंग्सले पोखरा एभेन्जर्सविरुद्ध २२० रनको लक्ष्य बनाएको थियो। यो रेकर्ड पोखराले आज तोडेको छ। पोखरा एभेन्जर्सका लागि वान डाउन आएका कुशल भुर्तेलले सर्वाधिक ९९ रन बनाए। उनले ५१ बलमा समान ८ च