परासी : छठ पर्वअन्तर्गत आइतबार साँझ नवलपरासीका विभिन्न स्थानमा व्रतालुहरूले अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदै छठी माताको पूजा-आराधना गरेका छन्।छठको पूजा गर्दा आवश्यक पर्ने उखु, केराको बोट, बेसार, अदुवा, नरिवल, जौ, भुसुवा, ठेकुवा, फलफूल र मिठाइस्ता पूजा सामग्री लिएर व्रतालुहरू नजिकै रहेका पोखरी, नदी, तलाउ र जलाशयमा पुगी अस्ताउँदो सूर्य र छठी माताको पूजा–आराधना गरेका हुन्।छठ पर्वमा सूर्य र छठी माताको पूजा तथा आराधना गर्न व्रतालुहरू उपवास बसेर विधिपूर्वक पूजा गर्ने गर्दछन्। पर्वका लागि जिल्लाका