दानबहादुर कार्कीले नियुक्तिपत्र बुझिसके : गृहमन्त्रालय

  • आइबार​ ३० कात्िक २०८३ ११:५० AM
काठमाडौं । प्रधानमन्त्री बालेन शाहका विशेष सुरक्षा सल्लाहकारमा नियुक्त पूर्वप्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले नियुक्त भएकै दिन पत्र बुझिसकेको गृह मन्त्रालयले जनाएको छ। तर लगातारका सार्वजनिक बिदाका कारण उनी औपचारिक रूपमा कार्यकक्षमा उपस्थित हुन नसकेको मन्त्रालयको भनाइ छ। गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेका अनुसार कार्कीले कात्तिक १८ गते नै नियुक्तिपत्र प्राप्त गरेका थिए। मन्त्रिपरिषद्को सोही दिन बसेको बैठकले मुलुकको शान्ति सुरक्षा थप प्रभावकारी बनाउने उद्देश्यसहित प्रधानमन्त्रीलाई सुरक्षा मामिलामा आवश्यक परामर्श र सुझाव दिन विशेष सुरक्षा सल्लाहकारको पद सिर्जना गरी उनलाई जिम्मेवारी दिएको थियो। नियुक्तिपत्र बुझेपछि तिहार र छठ पर्वका कारण लामो समय ... The post दानबहादुर कार्कीले नियुक्तिपत्र बुझिसके : गृहमन्त्रालय appeared first on Kalika Khabar.