काठमाडौं : प्रधानमन्त्री बालेन शाहको विशेष सुरक्षा सल्लाहकारमा नियुक्त भएका दानबहादुर कार्कीले पत्र बुझेको गृह मन्त्रालयले जनाएको छ। गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले नियुक्त भएकै दिन कार्कीले नियुक्ति पत्र बुझेको जानकारी दिए। तर, निवर्तमान प्रहरीमहानिरीक्षक कार्की भने आफूलाई महानिरीक्षक पदबाट हटाएको भन्दै सरकारको सो निर्णयका विरुद्ध वारिसमार्फत सर्वोच्च अदालतमा रिट दायर गरेका छन्। उनको पेशी सोमबारका लागि तोकिएको थियो। तर सरकारले छठ पर्वको अवसरमा सार्वजनिक बिदा दिएपछि पेशी चढ्न ढिलाइ