स्याङ्जा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले सरकारलाई तर्साएर शासन गर्ने प्रयास नगर्न चेतावनी दिएका छन् । उनले कांग्रेस रहेसम्म देशमा लोकतन्त्र र प्रेस स्वतन्त्रता कसैले खोस्न नसक्ने बताएका छन् । नेपाली कांग्रेस स्याङ्जा क्षेत्र नम्बर २ (क) प्रदेश कार्यसमितिको पद हस्तान्तरण तथा प्रशिक्षण कार्यक्रममा बोल्दै पौडेलले लोकतन्त्रको पक्षमा बोल्ने कांग्रेसको आवाज दबाउने प्रयास भइरहेको