राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को बिसौं अर्धशतक कर्णाली याक्सका हुसैन तलतको नाममा लेखिएको छ । हुसैनले आइतबार चितवन राईनोजकाविरूद्ध ३३ बलमा पूरा गरे । जारी एनपीएलमा योसँगै हालसम्म २० अर्धशतक र एक शतक प्रहार भएको छ । सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरी, काठमाडौं गोर्खाजका राशिद खान र विराटनगर किङ्सका लोकेश बमले दुई/दुई अर्धशतक