नेपाल मौसम विज्ञान विभागका मौसमविद् डेभिड ढकालले बंगालको खाडीमा विकसित भइरहेको न्यूनचापीय प्रणालीले नेपालमा प्रभाव नपार्ने बताएका छन् । उनले बंगालको खाडीमा विकसित न्यूनचापीय क्षेत्र गहिरो न्यूनचापीय प्रणालीमा परिणत हुँदै चक्रवात बन्ने दिशामा अघि बढिरहेको भए पनि त्यसले नेपालमा असर नगर्ने बताए । हालसम्मको मौसमी विश्लेषणअनुसार उक्त प्रणालीले नेपालको मौसममा उल्लेखनीय प्रभाव पार्ने सम्भावना नरहेको