सिमरा : सभामुख डोलप्रसाद अर्यालले संविधान र विद्यमान कानुनको परिधिभित्र रहेर मात्रै देशको विकास र सुशासनको प्रक्रिया अघि बढाउन सकिने बताएका छन् । बाराको सिमरामा आइतबार आयोजित छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख अर्यालले संविधान तथा कानुनलाई मिचेर कुनै पनि काम गर्न नमिल्ने बताएका हुन् ।देश लोकतान्त्रिक प्रणाली र कानूनी राज्यको अभ्यासमा रहेकाले काम गर्न बाधा पुर्याउने पुराना तथा खराब कानुनलाई संशोधन गरेर मात्रै अघि बढ्नुपर्ने सभामुख अर्यालको भनाइ थियो । उनले देशको