काठमाडौं । संवेदनशील सूचना चुहाएको आरोपमा एआईजी वंशीराज दाहाललाई सरकारले सेवाबाट बर्खास्त गरेसँगै सशस्त्र प्रहरी बलमा अतिरिक्त महानिरीक्षक (एआईजी) को एक पद रिक्त भएको छ । दाहाललाई सरकारले गत १९ असोजमा निलम्बन गरेको हो । उनीमाथि छानबिन गर्न गृहले एआईजी अञ्जनीकुमार पोखरेलको नेतृत्वमा एक सदस्यीय समिति गठन गरेको थियो । समितिले बयानसहितको छानबिन प्रतिवेदन बुझाएपछि सरकारले २५ असोजमा दाहाललाई बर्खास्त गर्ने निर्णय गरेको थियो । प्रधानमन्त्री बालेन्द्र शाहसँग सम्बन्धित संवेदनशील सूचना चुहाएको आरोप लागेका दाहालको जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा रहेका इनम सापकोटासँग समेत सम्बन्ध रहेको दाबी गरिएको छ । दाहाल बर्खास्तीमा ... The post सशस्त्रमा एक एआईजीको पद रिक्त, बढुवाको प्रतिस्पर्धामा सुरेश, दीपेन्द्र र पुरुषोत्तम appeared first on Kalika Khabar.