ललितपुर : कार्तिक नाचअन्तर्गत प्रस्तुत गरिने परम्परागत नृत्यनाटकमध्ये एक माधवानर लीलाको केही अंश मञ्चन गरिएको छ।वि.सं. २००६ सालमा अन्तिमपटक मञ्चन गरिएको यो लीला ७८ वर्षपछि शनिबार राति पाटन दरबार स्क्वायरस्थित कार्तिक डबलीमा पुनः प्रस्तुत गरिएको हो।माधवानर लीलामा पुष्पावती राज्यका राजा गोपीचन्द्रको शासनकालमा रहेका अत्यन्त सुन्दर र प्रतिभाशाली संगीतकार माधवानरको कथा प्रस्तुत गरिएको छ।माधवानर राज्यका विभिन्न स्थानमा गीत गाउँदै र संगीत बजाउँदै हिँड्ने गर्थे। उनको कला, संगीत र आकर्षक व्यक्तित्वबाट मो