काठमाण्डु- थाइल्यान्डबाट नेपाल आएका एक भारतीय नागरिक साढे ५ किलो सेतो हेरोइनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन्। लागूऔषध नियन्त्रण ब्यूरोका अनुसार पक्राउ पर्नेमा भारतको महाराष्ट्रस्थित पुणेका ५२ वर्षीय रेवराज तिघारे रहेका छन्। उनलाई शनिबार विमानस्थलमा चेकजाँच गर्ने क्रममा पक्राउ गरिएको हो। ब्यूरोको विमानस्थल शाखामा खटिएको प्रहरी टोलीले शंकास्पद यात्रुको प्रोफाइलिङ गर्ने क्रममा तिघारेको सामान